Parbat Gurung

मेरो बारेमा - पार्वत गुरुङ

दोलखाको सुरीदेखी सिंहदरबारसम्मको यात्रा

पार्वत गुरुङ नेपाली राजनीतिमा इमान्दार र कर्मशील राजनीतिज्ञका रुपमा परिचित नाम हो । उहाँ सदैव जनताप्रति समर्पित र सेवाभावले ओतप्रोत व्यक्तित्व हुनुहन्छ । उहाँको संघर्षपुर्ण जीवन, स्वच्छ र निश्कलंकित छवि र जनमुखी कार्यले उहाँलाई कर्मठ राजनीतिक पात्रका रुपमा परिचित गराएको छ ।

दोलखामै जन्मिएर दोलखालीकै हितका लागि सक्रिय रहनुभएका उहाँको नेतृत्व र पहलमा दोलखामा उल्लेखनिय उपलब्धीहरु हाँसिल भएका छन् । उहाँ इमानदारिता, जनताको सुखदुःखमा हमेसा साथ र राजनीतिलाई पेशा नभई उद्यमशीलतामार्फत समाजसेवाको रुपमा अघि बढाउँदै आउनुभएको नेतृत्व हुनुहुन्छ । संविधानसभा सदस्य (२०७०) प्रतिनिधिसभा सदस्य (२०७४–२०७९) र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीमा रहँदा उहाँको पहलमा भएका कामको प्रभाव देशैभर रह्यो र रहिरहेको छ । 

राजनीतिक परिचय

सामान्य ग्रामिण परिवारमा जन्मिनुभएका पार्वत गुरुङको बाल्यकाल र हुर्काइ आम बालबालिकाको जस्तै संघर्षपूर्ण रह्यो । युवा अवस्थादेखी नै समाजमा विद्यमान समस्या र सामाजिक न्यायप्रति सचेत उहाँलाई समाज बदल्न राजनीतिमै सक्रिय हुनुपर्छ भन्ने लाग्यो । त्यसपछि २०४६ सालमा एमाले सुरी गाउँ कमिटीको सचिवका रुपमा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै २०५३ मा नेकपा एमालेको दोलखा जिल्ला कमिटी सदस्य, पार्टीको केन्द्रिय सदस्य हुँदै हाल पोलिटब्युरो सदस्य रहनुभएको छ ।

दृष्टि, लक्ष्य र प्रतिबद्धता

मेरो अठोट, मेरो प्रतिबद्धता

दोलखाको विकासको पाटोमा आफ्नो गर्विलो विगत र स्वच्छ सामाजिक छविको जगमा उभिएर दोलखाको दिगो विकासका लागि गर्नुपर्ने बाँकी कामहरु पुरा गर्ने नयाँ जोश, उर्जा र संकल्पका साथ अघि बढेको छु।

सुशासन

डिजिटल प्रविधिको उच्चतम प्रयोगमार्फत राज्य संयन्त्रलाई पूर्ण रूपमा पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउँदै विधिको शासन स्थापित गर्न म प्रतिबद्ध छु ।

समावेशी विकास

स्रोत र साधनको न्यायोचित वितरण गर्दै सम्पूर्ण महिला, सीमान्तकृत वर्ग, र पिछडिएको क्षेत्रलाई सहभागितामूलक विकासको मूलधारमा जोड्नु मेरो प्रमुख लक्ष्य हो ।

जनमुखी राजनीति

नागरिकका वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर युवा स्वरोजगार, उद्यमशीलता र जनजीविकाका सवालहरू सम्बोधन गर्ने नीति निर्माण गर्नु नै मेरो राजनीतिको मूल मर्म हो ।

राष्ट्रिय एकता

हाम्रो भौगोलिक र सांस्कृतिक विविधतालाई शक्तिमा बदल्दै हिमाल, पहाड र तराईका नागरिकबीचको आपसी सद्भाव र सहकार्यबाट सुदृढ राष्ट्र निर्माण गर्ने मेरो दृढ विश्वास छ ।