Parbat Gurung

राजनीतिक यात्रा

राजनीतिक यात्रा

जनताको विश्वासले स्थापित नेतृत्व

विगतका निर्वाचनको परिणाम

संविधानसभा निर्वाचन (२०७०): दोलखाबाट अत्यधिक मत प्राप्त गरि संविधानसभा सदस्यमा निर्वाचित।
प्रतिनिधिसभा सदस्य निर्वाचन (२०७४): ५५ हजार ९ सय ५४ मत प्राप्त गरि देशभरबाट सर्वाधिक मतान्तरले (३० हजार बढि) प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।

मन्त्री/सार्वजनिक भूमिकाः

संविधानसभा सदस्य (२०७०): ‘नेपालको संविधान २०७२’ जारी गर्न एउटा संविधानसभा सदस्यको रुपमा प्रभावशाली भुमिका ।
प्रतिनिधिसभा सदस्य (२०७४–२०७९): प्रतिनिधिसभा सदस्यका रुपमा कानुन निर्माणका साथै आफ्ना मतदाताहरुप्रति जिम्मेवार हुँदै विभिन्न क्षेत्रको समानुपातिक विकासको पहल ।
संघीय सरकारको मन्त्री (२०७५–२०७८): करिब साँढे दुई वर्ष अवधिमा नेपाल सरकारको दुई वटा मन्त्रालय (महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्री) को जिम्मेवारी बहन ।

पार्टी जिम्मेवारी

२०४६ सालः नेकपा एमाले सुरी गाउँ कमिटीको सचिव । २०५३ सालः नेकपा एमाले दोलखा जिल्ला कमिटी सदस्य । केन्द्रिय सदस्य हुँदै हाल पोलिटब्युरो सदस्य ।

मन्त्री तथा सरकारी भूमिका

नीति निर्माणदेखि कार्यान्वयनसम्मको अनुभव

सञ्चार तथा सूचना प्रविधि मन्त्री

डिजिटल नेपाल अभियान, सूचना प्रविधि पूर्वाधार विस्तार र सञ्चार क्षेत्र सुधारमा नेतृत्वदायी भूमिका।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

सामाजिक सुरक्षा, संरक्षण नीति तथा समावेशी कार्यक्रम
कार्यान्वयनमा सक्रिय पहल।

नीति निर्माण र आर्थिक भिजन:

लगानीमैत्री वातावरण, दोलखाको आर्थिक रुपान्तरण

‘समृद्ध दोलखा, सुखी दोलखाली’ को लक्ष्यलाई परिणाममा बदल्नु नै मेरो संकल्प हो । यो लक्ष्य प्राप्तिका लागि दोलखाका आर्थिक विकासका सम्भावना पहिल्याउँदै लगानी भित्राउन म नीतिगत र परियोजनागत पहल गर्नेछु । आगामी ५ वर्षभित्र दोलखालाई पर्यटन, कृषि, पशुपालन, खनिज, जलविद्युत जस्ता क्षेत्रमा लगानीको हबका रुपमा स्थापित गर्दै दोलखाबासीको जीवनस्तर उकास्ने स्पष्ट योजना सहितको अठोट लिएको छु । जनमुखी राजनीति र समावेशी विकासमार्फत युवा स्वरोजगार र उद्यमशीलता प्रवर्धनमार्फत आर्थिक रुपले आत्मनिर्भर जिल्ला निर्माणका लागि पूर्ण रूपमा प्रतिबद्ध छु ।
नीति निर्माण अनुभव

संगठन सुदृढीकरण र वैचारिक नेतृत्व

२०४६ सालदेखी नेकपा एमालेबाट संगठित रुपमा राजनीतिक यात्रा प्रारम्भ गरेपश्चात म अनवरत राजनीतिक जिम्मेवारीमार्फत सामाजिक उन्नयनमा लागिरहेको छु । २०४६ सालमा एमाले सुरी गाउँ कमिटीको सचिव, २०५३ सालमा एमाले दोलखा जिल्ला कमिटी सदस्य हुँदै पोलिटव्युरो सदस्य सम्म रहेँ । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा दोलखाबाट निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी भन्दा ३० हजार बढि मतान्तरले जिजयी भई २०७२ सालको संविधान जारी गर्न एउटा संविधानसभा सदस्यको रुपमा सक्दो भुमिका खेलेँ । यस्तै संविधान कार्यान्वयन पश्चात मुलुक संघिय संरचनामा गएसंगै भएको २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५५ हजार ९ सय ५४ मत प्राप्त गरि निर्वाचित भएँ ।
२०७५ सालदेखी २०७८ सालसम्म नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक र सञ्चार तथा सुचना प्रविधि मन्त्रीको भुमिका कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गरेँ । दुई वटा मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा भएका कार्यसम्पादन एवम् उपलब्धीहरुप्रति म गर्व गर्दछु ।

संघीय सरकारको मन्त्रीका रुपमा

परिणाममुखी कार्यसम्पादन

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको भुमिकामा रहँदा भएका प्रमुख कामहरुः

  • दुर्गमका ११० पालिकाका गर्भवती महिलाको हेलिकप्टर मार्फत आकस्मिक उद्धार र सुत्केरी पश्चात २० हजार सहयोग दिने कार्यको सुरुवात । 
  • १५ लाख किशोरीलाई निशुल्क स्यानेटरी प्याड उपलब्ध गराउनका लागि मर्यादित महिनावारी प्रवद्र्धन कार्यक्रम शुरुवात । 
  • महिला उद्यमशीलताको प्रवद्र्धनका लागि ‘राष्ट्रिय महिला समुन्नती प्रतिभा पुरस्कार’ को शुरुवात । 
  • ‘सडक बालबालिका मूक्त’ देश बनाउन आवश्यक नीति निर्माण र बजेट विनियोजन । 
  • भ्रष्टाचारले ग्रस्त नेपाल रेडक्रस सोसाइटीमा मन्त्रालयको हस्तक्षेप र पुनर्गठन मार्फत समस्या समाधान ।
  • बाल मन्दिरको जग्गा लिज प्रकरणमा छानबिन र कारबाहीको सिफारिस । 

सञ्चार तथा सुचना प्रविधि मन्त्रीको भुमिकामा रहँदा भएका प्रमुख कामहरुः

  • डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत नागरिक एपतर्जुमा गरि कार्यान्वयनमा ल्याइएको । 
  • इन्टरनेट सेवालाई ‘अत्यावश्यक सेवा’ अन्तर्गत राख्ने कानुन निर्माण । 
  • स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालय र क्याम्पस तथा पालिकाहरूमा निशुल्क इन्टरनेट उपलब्ध गराउने कार्य शुरुवात । 
  • नेपालको आफ्नै भूउपग्रह प्रणाली स्थापनाका लागि पहिलोपटक बजेट र कार्यक्रम शुरुवात । 
  • मोबाइलमार्फत हुने आपराधिक गतिबिधि नियन्त्रण गर्न Mobile Device Management System (MDMS) सञ्चालन ।
  • नेपाली कलाकार तथा रंगकर्मीलाई प्रवद्र्धन गर्न ‘क्लिनफिड प्रणाली’ शुरुवात । 
  • नेपाल टेलिभिजनलाई अन्तराष्ट्रियस्तरको बनाउन ‘एनटिभी वल्र्ड च्यानल’को शुरुवात । 
नीति निर्माण अनुभव

संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यको भूमिकामा रहँदा

वि.सं. २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा दोलखाबासीले अत्यधिक मतले बिजयी गराएसंगै मेरो भुमिका संविधासभा सदस्यका रुपमा रह्यो । २०६४ सालमा भएको संविधानसभा निर्वाचनमार्फत गठिन संविधानसभाले संविधान जारी गर्न नसकेपछि, २०७० सालमा भएको निर्वाचनबाट निर्वाचित भएर मैले संविधानसभा सदस्यको रुपमा नेपालको संविधान लेखन र लागु गर्ने हरेक चरणमा आफ्नो योग्यता, क्षमता र विवेक अनुरुपको भुमिका खेलेँ । जहाँ पुरा देश साथै दोलखा र दोलखालीको भावना भन्दा बाहिर गएर मैले कहिल्यै कुनै पनि कदम चालिन । साथसाथै २०७४ सालमा देशभरबाट सर्वाधिक मतान्तर सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर संसद् जाँदै गर्दा मेरो मन मस्तिष्कमा विधिको शासन, कानुनी राज्य र आम नागरिकको खुशीका लागि काम गर्ने अठोट थियो । सोही अनुरुप एउटा सांसदको रुपमा नीतिगत भूमिका र पहलहरुमा सिँगो देश र विशेषगरी प्रिय दोलखाली दिदिबहिनी तथा दाजुभाईप्रति जिम्मेवार भएर विभिन्न क्षेत्रको समानुपातिक विकास निर्माणको पहल समेत गरेँ ।
क्षेत्रीय विकास योगदान

दोलखाको भौतिक, सामाजिक र आर्थिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा पहल

  • सडक तथा पूर्वाधार विकास
  • शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढिकरण 
  • पर्यटन प्रवर्धन मार्फत स्थानीय रोजगारी सिर्जना
  • विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सक्रिय
साथै स्थानीय आवश्यकतालाई राष्ट्रिय योजनासँग जोड्दै समावेशी विकासको आधार निर्माणमा निरन्तरता ।